एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु, सल्लाघारीमा उद्घाटन

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु, सल्लाघारीमा उद्घाटन

काठमाडौं मङ्सिर २७- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ ।

काठमाडौं उपत्यकाको सांस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उद्घाटन समारोह आज मध्याह्नपछि हुने छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट एमालेका नेता तथा कार्यकर्ता काठमाडौं उपत्यकामा आइसकेका छन् । जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिएको तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार रूपमा सम्पन्न गर्ने तयारी पार्टीले गरेको छ ।

उद्घाटन समारोहअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस सल्लाघारीमा पुगेर संयुक्त सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इक्यान निर्बाचन सोमबार ,कस्को पल्ला भारी?
2 महिना अगाडि

काठमाडौ पुस २७ – नेपाल शैक्षिक परामर्श संघ (ECAN)को बहुप्रतीक्षित निर्वाचन यहि सोमबार काठमाडौम ...

छुटाउनुभयो कि ?

TOP