विर्तामोड, मंसिर २५ – पूर्वका पहिचानवादी शक्तिहरू एकीकृत हुँदै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपाल एकै संरचनामा विलय भएका छन्।
चार पक्षबीचको गहन छलफलपछि जारी गरिएको एकता सम्झौतामा देशको केन्द्रीकृत र जातीय पक्षपाती राज्य संरचनालाई रूपान्तरण गरी वहुलराष्ट्रिय लोकतान्त्रिक राज्य निर्माण संयुक्त लक्ष्य रहेको घोषणा गरिएको छ। सम्झौता पत्र राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले सार्वजनिक गरे।
सम्झौताअनुसार स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई एकीकृत पार्टीको मूल विचारधारा मानिएको छ। पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल कायम रहने र यही विधान लागू हुने उल्लेख छ।
चारै पक्षले लिम्बुवान, कोचिला, मधेस, खम्बुवान, तामाङसालिङ, नेवा, मगरात, थरुहटलगायत पहिचान–आधारित स्वायत्त तथा विशेष राज्यहरू तत्कालीन एजेन्डा हुने स्पष्ट पारेका छन्। त्यस्तै जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग राखिएको छ।
विगतमा भएको पहिचान र अधिकार आन्दोलनसम्बन्धी सबै सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिने, भ्रष्टाचार र औपनिवेशिक मानसिकता अन्त्यका लागि व्यापक अभियान सञ्चालन गर्ने तथा जेन–जी पुस्ताका मुद्दा सम्बोधन गर्न संविधान २०७२ पुनर्लेखन आवश्यक रहेको सहमति पत्रमा उल्लेख छ।
एकीकृत नेतृत्व संरचना अनुसार अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रिनारायण राजबंसी र मित्र लिङदेन रहने छन्।
पत्रकार सम्मेलनमार्फत घोषणा गर्दै अध्यक्ष महतोले पहिचान, स्वशासन र समानताको पक्षमा उभिएका शक्ति सबैलाई नयाँ वैकल्पिक राजनीतिक ध्रुवीकरणमा सहभागी हुन आह्वान गर्दै आगामी निर्वाचनलाई “राष्ट्रिय मुक्तिको क्रान्ति”का रूपमा उपयोग गर्ने बताए।
काठमाडौं,पुस २५ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!