काठमाडौं पुस २५-ठगी, लिखित किर्ते, राज्यविरुद्ध तथा सगठित अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थुनामा रहेका टोप बहादुर रायमाझीले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ७१ (१) र (२) बमोजिम थुनामुक्ति पाउने गरी निवेदन दिएका थिए।
काठमाडौ जिल्ला अदालतले २०८२/९/१४ मा उक्त निवेदन अस्वीकृत गर्दै थुनामुक्ति दिन नमिल्ने आदेश गरेको थियो।
यसको विरुद्ध टोप बहादुरले उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिए। आज माननीय न्यायाधीश गोपाल प्रसाद बस्तोलाको एकल इजलासले निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने र सुरु अदालतबाट मिसिल झिकाई पेश गर्न आदेश दिएको छ।
उच्च अदालत पाटन प्रशासन शाखाले दिएको जानकारी अनुसार अदालत प्रक्रिया र आवश्यक कागजात पूरा भएपछि मात्र निर्णय गरिनेछ।
काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!