आवेदन नदिई प्रचार गर्ने उम्मेदवारमाथि रास्वपाको ब्रेक

आवेदन नदिई प्रचार गर्ने उम्मेदवारमाथि रास्वपाको ब्रेक

काठमाडौं पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचका लागि उम्मेदवार बन्ने आकांक्षीहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरेको छ। औपचारिक रूपमा आवेदन नदिई सामाजिक सञ्जालमार्फत आफूलाई उम्मेदवारका रूपमा प्रचार–प्रसार गर्ने गतिविधि बढेपछि पार्टीले यस्तो कदम चालेको हो।

पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिले जारी गरेको सूचनामा सामाजिक सञ्जालमा गरिएको अनियन्त्रित प्रचारले अन्य आकांक्षी सदस्यहरू निरुत्साहित भएको उल्लेख छ। यसले पार्टीभित्र असन्तुलन र अनावश्यक प्रतिस्पर्धा सिर्जना गरेको निष्कर्ष निकालिएको छ।

अब उम्मेदवार बन्न चाहने सदस्यहरूले आफ्नो आकांक्षा सामाजिक सञ्जालमा एकपटक मात्र, साधारण फोटोसहित वा बिना फोटो सार्वजनिक गर्न पाउनेछन्। त्यसबाहेकका सबै प्रकारका प्रचार–प्रसार कार्य तत्काल रोक्न र यसअघि पोस्ट गरिएका सामग्री हटाउन निर्देशन दिइएको छ।

पार्टीले प्राइमरी निर्वाचनसम्बन्धी सूचना औपचारिक रूपमा प्रकाशित भएपछि मात्रै आचारसंहिताअनुसार, मर्यादित र सीमित तरिकाले प्रचार गर्न पाइने स्पष्ट पारेको छ।

रास्वपाले निर्वाचनसम्बन्धी आचारसंहिता र उपसमितिबाट जारी निर्देशनको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूलाई आग्रह गरेको छ। यो निर्णयसँगै पार्टीभित्र अनुशासन कडाइका साथ लागू हुने संकेत देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फेरि सिंहदरबार जल्दैन भन्ने ‘ग्यारेन्टी’ कांग्रेसले मात्रै गर्न सक्छ : सभापति गगन थापा
एक महिना अगाडि

काठमाडौं,माघ २४- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि सिंहदरबार जल्ने अवस्था न ...

छुटाउनुभयो कि ?

TOP