काठमाडौँ, मङ्सिर २४ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन्। सञ्चारिका समूह नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले पत्रकार महिलाहरुको दोहोरो जिम्मेवारी रहेको बताएका छन्।
उनले पत्रकार महिला साथीहरुलाई आग्रह गर्दै भन्नुभएको छ, “तपाईंहरुको दोहोरो जिम्मेवारी छ, आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने। त्यसैले हाम्रा कन्टेन्ट, स्टोरी र एडभोकेसी कम्तिमा डिजिटल हिंसाबाट मुक्त हुनुपर्छ।”
मन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले डिजिटल हिंसाविरुद्ध सुरक्षित रहँदै अभियान सञ्चालन गर्न जरुरी रहेको बताए ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको र यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चार माध्यमको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेले कार्यस्थलमा हिंसा कायमै रहेको र डिजिटल हिंसा पनि बढिरहेको बताएका छन्।
काठमाडौं पुस २५- संयुक्त अरब इमिरेट्स (युएई) भिसा प्रक्रियामा ‘लुट’, ‘सेटिङ’ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!