काठमाडौं, पुस २५ — सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूको बहाव क्षेत्र स्पष्ट देखिने २०२१/२२ सालको सर्भे नापी नक्सा झिकाउन आदेश दिएको छ। काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको रिटमा सुनुवाइ गर्दै पूर्ण इजलासले यस्तो आदेश गरेको हो।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेल सम्मिलित इजलासले बागमती तथा सहायक नदीहरूको दायाँ–बायाँ छाड्नुपर्ने दुरीसम्बन्धी मन्त्रिपरिषद्को २०६५/०८/०१ को निर्णयको प्रमाणित प्रतिलिपि पेश गर्न निर्देशन दिएको छ। साथै, नदीको बहाव क्षेत्र निर्धारणसम्बन्धी रावल आयोग (२०५२) को प्रतिवेदन पनि माग गरिएको छ।
अदालतले बागमती, विष्णुमती तथा अन्य सहायक नदीहरूको दायाँ–बायाँ निर्माण गरिएका सडकहरूको सीमा निर्धारणका आधार, नदीदेखि सडकसम्मको दूरी र त्यसको विवरणसम्बन्धी कागजातसमेत पेश गर्न भनेको छ।
आदेशमा यो विषय शीघ्र टुंगो लगाउनुपर्ने देखिएकाले तोकिएका सबै कागजात एक हप्ताभित्र बुझाई माघ ४ गतेका लागि पेशी तोक्न निर्देशन दिइएको छ।
विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

प्रतिक्रिया