सर्वोच्चद्वारा उपत्यकाका नदीको बहाव क्षेत्र देखिने सर्भे नक्सा झिकाउन आदेश

सर्वोच्चद्वारा उपत्यकाका नदीको बहाव क्षेत्र देखिने सर्भे नक्सा झिकाउन आदेश

काठमाडौं, पुस २५ — सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूको बहाव क्षेत्र स्पष्ट देखिने २०२१/२२ सालको सर्भे नापी नक्सा झिकाउन आदेश दिएको छ। काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको रिटमा सुनुवाइ गर्दै पूर्ण इजलासले यस्तो आदेश गरेको हो।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेल सम्मिलित इजलासले बागमती तथा सहायक नदीहरूको दायाँ–बायाँ छाड्नुपर्ने दुरीसम्बन्धी मन्त्रिपरिषद्‌को २०६५/०८/०१ को निर्णयको प्रमाणित प्रतिलिपि पेश गर्न निर्देशन दिएको छ। साथै, नदीको बहाव क्षेत्र निर्धारणसम्बन्धी रावल आयोग (२०५२) को प्रतिवेदन पनि माग गरिएको छ।

अदालतले बागमती, विष्णुमती तथा अन्य सहायक नदीहरूको दायाँ–बायाँ निर्माण गरिएका सडकहरूको सीमा निर्धारणका आधार, नदीदेखि सडकसम्मको दूरी र त्यसको विवरणसम्बन्धी कागजातसमेत पेश गर्न भनेको छ।

आदेशमा यो विषय शीघ्र टुंगो लगाउनुपर्ने देखिएकाले तोकिएका सबै कागजात एक हप्ताभित्र बुझाई माघ ४ गतेका लागि पेशी तोक्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

फेरि सिंहदरबार जल्दैन भन्ने ‘ग्यारेन्टी’ कांग्रेसले मात्रै गर्न सक्छ : सभापति गगन थापा
एक महिना अगाडि

काठमाडौं,माघ २४- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि सिंहदरबार जल्ने अवस्था न ...

छुटाउनुभयो कि ?

TOP