काठमाडौं, मंसिर २४ – भदौ २३–२४ गतेको प्रदर्शनको क्रममा निर्वाचन आयोगलाई क्षति हुनबाट जोगाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तत्कालिन सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरब, गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई निर्वाचन आयोगले बुधबार सम्मान गरेको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समारोहमा प्रहरी टोलीलाई सम्मान गर्दै आयोगको सुरक्षामा उनीहरूले खेलेको योगदानको लागि धन्यवाद व्यक्त गरेकाछन।
भदौ २४ गते काठमाडौं–२७, कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनीको प्रयास गर्दा, तत्कालिन गुल्मपति सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले मुख्य गेटभित्र रोक्न, सम्झाई बुझाई गर्ने र आवश्यक परेको अवस्थामा सामान्य बल प्रयोग गरी भिडलाई नियन्त्रणमा राख्दै आयोगलाई क्षति हुनबाट जोगाएको थियो।
हाल आयोग परिसरको सुरक्षा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ बाघभैरब गणले गर्दै आएको छ। यसले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि दल दर्ता, प्रमाण–पत्र वितरण लगायतका गतिविधि तथा परिसरको निरन्तर सुरक्षा प्रदान गर्दै आएको छ।
सम्मान कार्यक्रममा आयोगका आयुक्त डा. जानकी तुलाधर, सचिव माहादेव पन्त, प्रवक्ता सह–सचिव नारायण प्रसाद भट्टराई लगायतका कर्मचारीहरू उपस्थित थिए।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया