हेटौँडा।मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक प्रहरीसहित दुईजना घाइते भएका छन्।
प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
प्रहरीका अनुसार आत्मरक्षाका लागि प्रहरीले एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्।
घाइते प्रहरी सहायक निरीक्षक तामाङ र सनिस दुवैको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौंडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!