थारू माघी महोत्सव टुँडिखेलमा, प्रधानमन्त्री कार्कीलाई औपचारिक निम्तो

थारू माघी महोत्सव टुँडिखेलमा, प्रधानमन्त्री कार्कीलाई औपचारिक निम्तो

काठमाडौँ पुस २०— प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी हुन औपचारिक रूपमा निमन्त्रण गरेको हो।

मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुने महोत्सवका लागि प्रधानमन्त्री कार्कीलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्।

भेटका क्रममा अध्यक्ष चौधरीले थारू समुदायका माग र मुद्दालाई उठाउँदै संविधान जारी भएको एक दशक बितिसक्दा पनि निजामती सेवामा थारू समुदायको आरक्षण सुनिश्चित हुन नसकेको गुनासो व्यक्त गरे। उनले संवैधानिक व्यवस्था कार्यान्वयनमा ढिलाइ भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्था भइसकेका हक–अधिकारको प्रयोग कसैले रोक्न नहुने स्पष्ट पारिन्। उनले भनिन्, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो भन्ने कुरा मैले पनि बुझ्न सकिरहेकी छैन। यस विषयमा म चिन्तित छु।”

प्रधानमन्त्री कार्कीले नेपाल सबै समुदायको साझा देश भएकाले राज्यका संरचनामा सबैको उचित प्रतिनिधित्व हुनुपर्ने बताइन्। सबै समुदायको सहभागिताबाट मात्रै दिगो विकास सम्भव हुने उनको भनाइ थियो।

थारू समुदायले प्रत्येक वर्ष माघे संक्रान्तिका दिन माघी पर्व मनाउँदै आएको छ। माघी पर्वको अवसरमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सवले थारू समुदायको संस्कृति, पहिचान र अधिकारका विषयलाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य लिएको आयोजक पक्षले जनाएको 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
एक महिना अगाडि

झापा, माघ २० - भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागे ...

छुटाउनुभयो कि ?

TOP