एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।

मनिपाल शिक्षण अस्पतालमा भर्ना गराएर उपचार गरीरहेको कृष्ण थापाको निधन भएके अस्पताल स्रोतले जनाएकोे छ । कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए ।

उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए । यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेका थिए ।

तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो । कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिकोएमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
एक घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP