मनामा। खाडी क्षेत्रमा तनाव तीव्र बन्दै जाँदा इरानबाट प्रक्षेपित ड्रोन र मिसाइल आक्रमणको प्रभाव बहराइनसम्म पुगेको छ। बहराइनको राजधानी मनामास्थित एक आवासीय भवनमा मिसाइल आक्रमण हुँदा २९ वर्षीया एक महिलाको मृत्यु भएको छ भने कम्तीमा आठ जना घाइते भएका छन्।
बहराइनको गृह मन्त्रालयका अनुसार मंगलबार बिहान भएको उक्त आक्रमणमा आवासीय भवनमा क्षति पुगेको छ। घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। सुरक्षाकर्मीहरूले घटनास्थल घेराबन्दी गरी थप अनुसन्धान सुरु गरेका छन्।
यसअघि सोमबार पनि मनामाको दक्षिणमा रहेको सित्रा टापुमा इरानी ड्रोन आक्रमण भएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। उक्त आक्रमणमा केही बालबालिकासहित दुई जना घाइते भएका थिए।
बहराइनले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपित १०५ वटा मिसाइल र १७६ वटा ड्रोन नष्ट गरेको दाबी गरेको छ। बहराइन डिफेन्स फोर्सको जनरल कमाण्डले जारी गरेको वक्तव्यमा हवाई प्रतिरक्षा प्रणालीले इरानका “आततायी आक्रमण” विरुद्ध निरन्तर प्रतिकार गरिरहेको उल्लेख गरिएको छ।
यसैबीच संयुक्त अरब इमिरेट्सको दुबई शहरमा पनि मंगलबार बिहान मिसाइल आक्रमणको चेतावनी साइरन बजेको थियो। पछि अबुधाबीको रुवाइस औद्योगिक क्षेत्रको एक संरचनामा ड्रोन आक्रमणपछि आगलागी भएको बताइएको छ। यद्यपि उक्त घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन्।
त्यसैगरी साउदी अरेबियाको रक्षा मन्त्रालयले तेलसम्पन्न पूर्वी क्षेत्रमा उडिरहेका दुईवटा ड्रोन नष्ट गरिएको जनाएको छ। कुवेतको नेशनल गार्डले देशका उत्तरी र दक्षिणी क्षेत्रमा आक्रमण गर्न खोजेका छवटा ड्रोन खसालेको जानकारी दिएको छ भने कतारका सशस्त्र बलले आफ्नो भूभाग लक्षित मिसाइल आक्रमणलाई अवरोध गरी नष्ट गरेको बताएका छन्।
खाडी क्षेत्रका विभिन्न देशमाथि इरानबाट भएको यो पछिल्लो आक्रमण अमेरिकासहित इजरायलसँग बढ्दो तनावको पृष्ठभूमिमा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रिपब्लिकन सांसदहरूसँगको बैठकमा अमेरिका–इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध “छोटो समयको अभियान” हुने बताएका थिए।
पश्चिम एसियामा बढ्दो सैन्य गतिविधिका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषकहरूले बताएका छन्। लगातार भइरहेको मिसाइल तथा ड्रोन आक्रमणले खाडी क्षेत्रका मुलुकहरू उच्च सतर्कतामा बस्न बाध्य भएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!