काठमाडौं।विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये भारततर्फ आउँदै गरेको एक जहाज पनि निसाना बनेको छ। घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामाथि गम्भीर चिन्ता पैदा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरतर्फ आक्रमणमा परेको हो। उक्त जहाज संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीस्थित खलिफा पोर्टबाट प्रस्थान गरेर भारतको गुजरात राज्यतर्फ गइरहेको थियो।
थाई नौसेनाका अनुसार बन्दरगाहबाट जहाज छुटेको केही घण्टामै अज्ञात प्रोजेक्टाइल जहाजमा ठोक्किएको थियो। समाचार एजेन्सी एपीका अनुसार प्रोजेक्टाइल ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ।
घटनापछि जहाजमा रहेका चालकदलको अवस्था र क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। तर समुद्री सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेका छन्।
विश्वको करिब एकतिहाइ तेल आपूर्ति यही मार्ग हुँदै ओसारपसार हुने भएकाले स्ट्रेट अफ होर्मुजमा हुने कुनै पनि सुरक्षा चुनौतीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र व्यापारमा ठूलो असर पार्ने विश्लेषकहरूले बताएका छन्। पछिल्ला दिनहरूमा खाडी क्षेत्रमा बढ्दो तनावका कारण समुद्री मार्गको सुरक्षा थप संवेदनशील बन्दै गएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!