भेनेजुएला: मादुरो नियन्त्रणमा परेपछि डेल्सी रोड्रिगेज कार्यकारी राष्ट्रपतिको रूपमा नियुक्त

काठमाडौँ पुस २० — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई नियुक्त गरिएको छ। राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखेपछि देशको कार्यकारी नेतृत्व रोड्रिगेजलाई सुम्पिएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न तथा राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनुपर्ने निर्णय गरेको जनाएको छ। अदालतको आदेशपछि उनले औपचारिक रूपमा कार्यकारी राष्ट्रपतिको रूपमा नियुक्ति पाएकी हुन्।

अदालतले जारी गरेको आदेशमा देशको संवैधानिक व्यवस्था, सरकारी संयन्त्रको निरन्तरता र सम्भावित अस्थिरता रोक्न तत्काल नेतृत्व हस्तान्तरण आवश्यक भएको उल्लेख छ। यस निर्णयसँगै रोड्रिगेजले राष्ट्रपतिको कार्यकारी अधिकार प्रयोग गर्नेछिन् भने नियमित प्रशासनिक कार्य अघि बढाइने बताइएको छ।

राष्ट्रपति मादुरोलाई अमेरिकाले किन र कुन आधारमा नियन्त्रणमा लिएको भन्ने विषयमा औपचारिक विवरण सार्वजनिक भइसकेको छैन। यद्यपि, यस घटनाले भेनेजुएलाको आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा थप तनाव सिर्जना गर्ने अनुमान गरिएको छ।

सरकारका उच्च अधिकारीहरूले देशको अवस्था नियन्त्रणमा रहेको र सुरक्षा निकायहरू पूर्ण रूपमा सक्रिय रहेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP