केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान निधन भएको छ।
भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो।

एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत मोहनप्रसाद ओलीको निधन भएको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। बस्नेतले लेखेका छन्, “नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान नेपाल–कोरिया मैत्री अस्पताल, भक्तपुरमा निधन भएको खबरले दुःखित बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। अध्यक्ष कमरेड केपी शर्मा ओलीसहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”

मोहनप्रसाद ओलीको निधनपछि राजनीतिक वृत्तमा शोकको वातावरण छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आजको मौसम पूर्वानुमान कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना  !
4 घण्टा अगाडि

काठमाडौँ |हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली ...

छुटाउनुभयो कि ?

TOP