कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुने

काठमाडौं, मंसिर ६ — नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक निकास निर्वाचन नै भएकाले औपचारिक रूपमा चुनावमा जाने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार संविधानको रक्षा तथा ‘जेनजी’ आन्दोलनमार्फत परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिन निर्वाचन आवश्यक भएकाले पार्टी मतदान प्रक्रियामा सहभागी हुन तयार भएको हो।

बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी दर्ता प्रक्रियालाई अघि बढाउने निर्णय पनि गरेको छ। कांग्रेसले हाल देशमा हजारौँ कैदीबन्दी फरार हुनु, ठूलो परिमाणमा हातहतियार हराउनु र दलहरूलाई कार्यक्रम सञ्चालनमा अवरोध हुनुजस्ता समस्या गम्भीर भएको निष्कर्ष निकालेको छ।

चुनाव निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सरकारले शान्ति–सुरक्षामा सुधार ल्याई सुरक्षाकर्मीको मनोबल उच्च बनाउनुपर्ने, आम नागरिकलाई भयमुक्त वातावरण उपलब्ध गराउनुपर्ने र निर्वाचन आयोगले प्रभावकारी भूमिकामा उभिनुपर्ने कांग्रेसको माग छ।

राजनीतिक द्वन्द्व बढ्न नदिन संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सबै पक्षलाई आह्वान गरिएको छ। जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सूचनाको हक सुनिश्चितताका माग वैध रहेको ठहर गर्दै कांग्रेसले तिनलाई सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः मंसिर ११ गते बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP