आइतबारदेखि हराएका चारजना बालबालिका फेला

आइतबारदेखि हराएका चारजना बालबालिका फेला

सप्तरी पुष ७ — आइतबारदेखि हराएका चारजना बालबालिकालाई सोमबार सप्तरीको कोशी व्यारेजमा फेला पारिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस भारदहका गस्ती फौजले उनीहरूलाई हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी व्यारेज क्षेत्रबाट फेला पारेको हो।

फेला परेकाहरूमा तिरहुत गाउँपालिका–३ गोईठी बस्ने ७ वर्षीया श्रृष्टि कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षका कृष्ण सरदार रहेका छन्।

सुरक्षा फौजले शंका लागेर सोधपुछ गर्दा बालबालिकाले आफ्नो घरठेगाना र कहाँ जान लागेको भन्ने स्पष्ट जानकारी दिन सकेनन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू आफैं घरबाट निस्किएको र अलपत्र अवस्थामा फेला परेको देखिएको छ।

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी बालबालिकालाई सुरक्षित स्थानमा राखिएको छ। प्रहरीका अनुसार, बालबालिकालाई कसैले ललाइ–फकाई गरेको हुनसक्ने आशंका गरिएको छ भने थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
एक महिना अगाडि

काठमाडौँ, माघः७ - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयो ...

छुटाउनुभयो कि ?

TOP