सप्तरी पुष ७ — आइतबारदेखि हराएका चारजना बालबालिकालाई सोमबार सप्तरीको कोशी व्यारेजमा फेला पारिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस भारदहका गस्ती फौजले उनीहरूलाई हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी व्यारेज क्षेत्रबाट फेला पारेको हो।
फेला परेकाहरूमा तिरहुत गाउँपालिका–३ गोईठी बस्ने ७ वर्षीया श्रृष्टि कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षका कृष्ण सरदार रहेका छन्।
सुरक्षा फौजले शंका लागेर सोधपुछ गर्दा बालबालिकाले आफ्नो घरठेगाना र कहाँ जान लागेको भन्ने स्पष्ट जानकारी दिन सकेनन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू आफैं घरबाट निस्किएको र अलपत्र अवस्थामा फेला परेको देखिएको छ।
नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी बालबालिकालाई सुरक्षित स्थानमा राखिएको छ। प्रहरीका अनुसार, बालबालिकालाई कसैले ललाइ–फकाई गरेको हुनसक्ने आशंका गरिएको छ भने थप अनुसन्धान जारी रहेको छ।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया