काठमाडौं पुष ७ – माइतीघरमा सडकमा उत्रिएका ‘जेनजी’ प्रदर्शनकारीमाथि प्रहरीले कडा नियन्त्रण लगाएको छ। सोमबार केही जेनजीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो। यसैक्रममा समूहका अगुवा मिराज ढुंगानालाई पनि नियन्त्रणमा लिइएको थियो , तर पछि उनलाई रिहा गरिएको छ।
प्रहरीले ब्यारेकेट लगाएर माइतीघरबाट केही मिटर मात्र अगाडि बढ्न अनुमति दिएको छ। भीडले उनीहरूको रिहाइका लागि परिसरतर्फ जान खोज्दा पनि प्रहरीले सडकमा पहुँच नियन्त्रण गरेको थियो। यसअघि करिब २० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर गाडीमा राखेर परिसरसम्म लगिएको जानकारी प्रहरीले दिएको छ।
जेनजी समूहले सर्वपक्षीय सरकार गठन, सुशासन कार्यान्वयन र भ्रष्टाचार नियन्त्रण माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्। माइतीघरमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएको कारण, अनुमतिविपरीत सडकमा उत्रिएको प्रदर्शनकारीलाई प्रहरीले हटाउन खोजेको बताइएको छ।
प्रदर्शनकारी र प्रहरीबीचको तनावपूर्ण अवस्था बिहानदेखि नै कायम रहेको छ। भीडले लगातार नाराबाजी गर्दै माइकमार्फत आफ्नो माग दोहोर्याउँदै आएको छ। केही युवाहरूले चक्कु–दाउरा लगायतका सामग्री प्रदर्शनको क्रममा राखेको भन्ने रिपोर्ट आए पनि प्रहरीले सुरक्षा दृष्टिकोणबाट सतर्कता अपनाएको छ।
प्रहरीको कडाइका बाबजुद जेनजी आन्दोलनकारीहरू स्थानीय सडक र ट्राफिकमा अवरोध सिर्जना गर्दै माइतीघर वरिपरि चक्कर काटिरहेका छन्। आन्दोलनमा सहभागीहरूले लगातार “सर्वपक्षीय सरकार चाहिए, भ्रष्टाचार नियन्त्रण चाहिए” भन्ने नारा लगाइरहेका छन्।
चितवन, माघ-६ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिनुभएको छ । उहाँले उपप्रमुख चित्रस ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!