ओली : ‘जेनजीका माग संसद् पुनर्स्थापनाबाटै समाधान हुन्छ’

ओली : ‘जेनजीका माग संसद् पुनर्स्थापनाबाटै समाधान हुन्छ’

काठमाडौं, मंसिर ६ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिक निकास संसद् पुनर्स्थापना बाहेक अर्को विकल्प नभएको बताएका छन्। शनिबार भृकुटीमण्डपमा पार्टीको वाग्मती प्रदेश कमिटीद्वारा आयोजित सार्वजनिक सभामा उनले प्रतिनिधिसभा पुनर्स्थापना गरिएपछि सर्वदलीय सरकार गठन र संविधान संशोधनसमेत अघि बढ्न सक्ने टिप्पणी गरे।

ओलीका अनुसार जेनजी आन्दोलनले उठाइरहेका माग पनि संविधान संशोधनबाट सम्बोधन गर्न सकिने भएकाले संसद् पुनर्स्थापना “उचित र व्यावहारिक मार्ग” हो। “जेनजीका मागहरूको दुहाई दिइन्छ, ती माग पनि संसद् पुनर्स्थापनाबाटै पूरा गर्ने बाटो निस्किन्छ,” उनले भने, “लोकतन्त्र पुनर्स्थापना गरौँ, संविधानलाई बाटोमा हिँडाऊँ, शान्ति स्थापना गरौँ।”

अध्यक्ष ओलीले दलहरूलाई भावनामा नबग्न र प्रतिशोधी प्रवृत्तिलाई त्याग्न आग्रह गरे। वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै उनले त्यसलाई टिकाइराख्न राजनीतिक दलहरूले ‘जन्ती’ बन्न नहुने बताए। “असंवैधानिक सरकारको पछिपछि जन्तीजस्तो लागेर जन्तीले पाउने के हो? एक छाक भात खाएर फर्किने हो,” ओलीले कटाक्ष गरे, “राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व छ, यस्तो सरकारको जन्ती हुन सुहाउँदैन।”

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP