काठमाडौं, मंसिर ६ — नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको उच्चस्तरीय न्यायिक भ्रमण दल आज मंसिर ६ गते भारत प्रस्थान गरेको छ। भारतीय सर्वोच्च अदालतको अवलोकन तथा अध्ययन भ्रमणको उद्देश्यसहित गएको नेपाली टोली एअर इन्डियाको बिहानको उडानमार्फत नयाँ दिल्ली पुगेको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार भ्रमण नोभेम्बर २२ देखि २५ तारिखसम्म सञ्चालन हुनेछ। भ्रमणका क्रममा नेपाली न्यायिक टोलीले भारतीय सर्वोच्च अदालतको काम–कारबाही, प्रशासनिक संरचना, सूचना–प्रविधि प्रणाली तथा अदालती सुधारका अभ्यासबारे प्रत्यक्ष अवलोकन गर्नेछ। न्यायिक समन्वय तथा अनुभव आदान–प्रदानमार्फत दुई देशबीचको कानुनी सम्बन्ध थप सबल हुने अपेक्षा गरिएको छ।
प्रधान न्यायाधीश राउतसँगै भ्रमण दलमा सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल र शाखा अधिकृत ऋतिक शर्मासहितको टोली सहभागी छ। टोलीलाई आजै बिहान सर्वोच्च अदालतका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
सर्वोच्च अदालतका प्रबक्ता अर्जुनप्रसाद कोइरालाले हस्ताक्षरित मंसिर ६ गतेको प्रेस विज्ञप्तिमा भ्रमण पूर्णतः औपचारिक तथा संस्थागत रूपमा निर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने उल्लेख गर्दै, यसले न्याय क्षेत्रमा आवश्यक सुधारका नयाँ सम्भावना खुल्ने विश्वास व्यक्त गरिएको छ।
काठमाडौं पुस ७- सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!