काठमाडौं, मंसिर ६— वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको घर (कुमारी घर) बाट २०५६ सालतिर चोरी भएको तोरण २५ वर्षपछि पुनःस्थापित गरिएको छ। बेलायतस्थित बाराकाट संग्रहालयबाट फिर्ता गरिएको तोरण शुक्रबार औपचारिक रूपमा कुमारी घरमै जडान गरिएको हो।
तोरण फिर्ता ल्याउने प्रक्रिया राष्ट्रिय संग्रहालय छाउनीमार्फत सम्पन्न भएको थियो। संग्रहालयबाट काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक, वडाध्यक्ष, कुमारी घरका संरक्षकलगायत पदाधिकारीले तोरण बुझेर वसन्तपुर पुर्याएका थिए।
कुमारी घरमा तोरण पुनःस्थापना गर्ने विषयमा मंसिर १ गते उपप्रमुख डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो। चोरीपछि तोरण वर्षौँसम्म बेपत्ता रहँदा अन्ततः बेलायतको बाराकाट संग्रहालयमा भेटिएको हो। कूटनीतिक समन्वयपछि नेपाल फर्काइएर केही समय राष्ट्रिय संग्रहालयमा सुरक्षित रूपमा राखिएको थियो।
पुनःस्थापनासँगै महानगरले चोरी भएका अन्य सम्पदाको खोजी तथा संरक्षण प्रक्रियालाई अझ सशक्त गर्दै लैजाने जनाएको छ।
काठमाडौं पुस ७- सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!