काठमाडौँ, कार्तिक २५ – जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा गोकर्णेश्वर नगरपालिकालाई जिल्ला स्तरमा प्रथम स्थान प्रदान गरिएको छ।
गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरवासीलाई प्रदान गरिएका विविध स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा सो नगरपालिकाले अग्रस्थान हासिल गरेको हो।
मेयर दिपक रिसालले यस अवसरमा भने, “हाम्रो नगरपालिकाले स्वास्थ्य सेवामा पहिलो स्थान प्राप्त गर्नु नगरवासीका लागि गर्वको विषय हो। यसले हामीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रोत्साहित गर्छ।”
स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरू सफल भएको जनस्वास्थ्य कार्यालयका अधिकारीहरूले बताएका छन्।
नगर अस्पतालले सबै नगरवासीका लागि निःशुल्क तथा सुलभ सेवाहरू निरन्तर विस्तार गर्दै आएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ।
काठमाडौं ,मङ्सिर २५- देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा न्यू ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!