काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनमा ध्यान दिँदै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि निरन्तर अघि बढाइरहेको बताएकी छन्। बिहीबार सिंहदरबारमा जय मातृभूमि पार्टीको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो कुरा स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले भाषणमा विचार मात्र पोख्ने गरेको अवस्थामा उत्पादनमुखी काममा केन्द्रित पार्टीको आवश्यकता औँल्याइन्। उनले सुझाव दिइन् कि देशको आर्थिक समृद्धि र सुशासन सुनिश्चित गर्न प्रतिबद्ध सांसद निर्वाचनमार्फत संसदमा पठाउन जरुरी छ।
भेटमा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायतले ज्ञापनपत्र बुझाएका थिए। पार्टीले निर्वाचन वातावरण सृजना गर्न जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाहीको माग राखेको छ।
प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ कि सरकारको मूल मुद्दा भ्रष्टाचारविरुद्धको कारबाही रहेको र यसमा केन्द्रित भएर काम गर्न सुझाव दिइएको थियो।
काठमाडौं पुस २५-ठगी, लिखित किर्ते, राज्यविरुद्ध तथा सगठित अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थु ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!