काठमाडौँ, कात्तिक २० — सुन्दरहरैंचा नगरपालिका, मोरङमा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खनन गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाई अनियमितता गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका प्रवक्ताका अनुसार आर्थिक वर्ष २०७६/७७ मा स्वामिनारायण निर्माण सेवा प्रा.लि.ले सुन्दरहरैंचा नगरपालिकासँग ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँ ५० पैसा (भ्याट बाहेक) को ठेक्का लिएर उत्खनन कार्य गरेको थियो। सोही आधारमा बुझाउनुपर्ने भ्याट रकम १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा आन्तरिक राजस्व कार्यालय, धरानमा दाखिला नगरेको उजुरी परेको थियो।
नगरपालिकाले राजस्व बुझाएको प्रमाण पेस गर्न निर्माण कम्पनीलाई पत्राचार गरे पनि भ्याट रकम नबुझाई आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतबीच मिलेमतोमा ‘भ्याट बुझाइसकेको’ भन्ने झुटो पत्र तयार गरिएको अख्तियारले दाबी गरेको छ।
अख्तियारले यस कार्यलाई राजस्व छली र भ्रष्टाचारजन्य काम ठहर गर्दै कर अधिकृत आले, स्वामिनारायण निर्माण सेवा र प्रबन्ध निर्देशक बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको मागसहित १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।
आरोपपत्र अनुसार कर अधिकृत तिलक आलेले भ्याट नबुझाइएको अवस्थामै बुझाएको झुटो कागजात बनाइ सरकारलाई राजस्व हानी पुर्याएको आरोप छ। त्यस्तै, स्वामिनारायण निर्माण सेवा र प्रबन्ध निर्देशक बस्नेतले ठेक्काबाट लिइएको आम्दानीमा लाग्ने कर छली गैरकानूनी लाभ लिन खोजेको भन्दै भ्रष्टाचार मुद्दा चलाइएको छ।
तीनै प्रतिवादीलाई कैद, जरिवाना र बिगो बराबर रकम असुल गर्ने माग गरिएको अख्तियारले जनाएको छ।
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली पुगेपछ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!