काठमाडौं,कार्तिक २०- नेपाल राष्ट्र बैंकले गुरुप्रसाद पौडेललाई नयाँ प्रवक्ता नियुक्त गरेको छ। बैंकका कार्यकारी निर्देशक रहेका पौडेललाई कात्तिक १९ गतेबाट लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।
यसअघि प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक किरण पण्डित जिम्मेवारीमा थिए। २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायत महत्त्वपूर्ण शाखाहरूमा काम गरिसकेका छन्।
पौडेल हाल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्। गभर्नर प्रा. डा. विश्व पौडेलको निर्णयअनुसार उनलाई बैंक तथा वित्तीय संस्था नियमन विभागबाट सरूवा गरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो।
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली पुगेपछ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!