काठमाडौं कार्तिक १७ – पदयात्रा अनुमति अवधि सुरु हुनुअघि नै निषेधित क्षेत्रमा विदेशी नागरिक लैजाने कार्यमा संलग्न मल्टि एड्भेञ्चर प्रा.लि. नामक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले कारवाही गरेको छ। विभागले अध्यागमन ऐन, २०४९ अनुसार कम्पनीमाथि पहिलोपटकका लागि ४० हजार रुपैयाँ जरिवाना लगाएको हो।
कम्पनीले जर्मन नागरिक मार्टिन श्राम्न (Martin Shramn) लाई ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा लैजाने क्रममा कानुन उल्लङ्घन गरेको पाइएपछि कारवाही गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
एजेन्सीले २५ अक्टोबरदेखि १० दिनको पदयात्रा अनुमति लिएको थियो, तर सो अवधि सुरु हुनु एक दिनअघि नै टोली निषेधित पदयात्रा क्षेत्रमा प्रवेश गरेको पुष्टि भएको विभागले जनाएको छ।
यसबाहेक, कम्पनीको तर्फबाट गएका ट्रेकिङ गाइड दाईला शेर्पा अनुमति अवधि सुरु हुनुभन्दा पहिले नै विदेशीलाई लिएर पदयात्रामा गएको भन्दै उनलाई पर्यटन बोर्डमार्फत कारवाही प्रक्रिया अघि बढाइएको छ।
नेपाल सरकारले सुरक्षा र सीमा संवेदनशीलताका आधारमा १५ जिल्ला भित्रका माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट–नाम्खा–चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर–लामाबगर, किमाथांका, छेकम्पार, चुञ्चेतलगायतका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।
यस्ता क्षेत्रमा प्रवेश गर्नुअघि विदेशी नागरिकले अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्ने व्यवस्था छ।
प्रवक्ता ढकालका अनुसार, "कानूनी व्यवस्था विपरीत गतिविधि गरिएको पुष्टि भएपछि विभाग बाध्य भएर कारवाहीमा उत्रिएको हो।"
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया