क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमा, बयान र थुनछेक शुक्रबार

क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमा, बयान र थुनछेक शुक्रबार

काठमाडौं, मंसिर १७ — भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भएको भनिएको अनियमिततामा संलग्न रहेको आरोपमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिनसम्म हिरासतमै रहने भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका उनीहरूलाई आज (बुधबार) ढिलो गरी अभियोगपत्र दायर भएको कारण समय अभावमा बयान तथा थुनछेक बहस गर्न नसकिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

उनका अनुसार अब शुक्रबारमात्रै महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई अदालतमा उपस्थित गराई बयान लिने र थुनछेक बहस हुनेछ।

अख्तियारले दायर गरेको आरोपपत्रमा अधिकारी र भण्डारीसहित अन्य पाँचजनालाई प्रतिवादी बनाइएको छ। नलिञ्चोक हेलिप्याड निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अन्य पाँच प्रतिवादी—क्यानका उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालि र सोका प्रमुख विजय थापा तथा निजी इन्जिनियर गुरुदत्त अधिकारी—लाई भने अदालतबाटै म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।

भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड जोखिमपूर्ण र अनियमिततायुक्त भएको उजुरी परेको आधारमा अख्तियारले विस्तृत अनुसन्धान गर्दै मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जाँचबुझ आयोगका अध्यक्षलाई प्रश्न : केपी ओली बयानका लागि नआए के हुन्छ ?
2 महिना अगाडि

काठमाडौँ पुस १८- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको सत्यतथ्य छानबिन ...

छुटाउनुभयो कि ?

TOP