काठमाडौं, मङ्सिर १७ — प्रभु बैंकसँग सम्बन्धित कर्जा दुरुपयोग प्रकरण थप जटिल बन्दै गएको छ। यही क्रममा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई केन्द्रिय अनुसन्धान ब्युरो (CIB) ले बुधबार जावलाखेलस्थित भनिमन्डल क्षेत्रबाट पक्राउ गरेको छ। उच्च अदालत पाटनबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्दै शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार यसअघि पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहित डीसीओ, सीसीओ र अन्य कर्मचारीहरूको बयान, प्रारम्भिक तथ्य र संकलित कागजातका आधारमा शाक्यको संलग्नता पुष्टिउन्मुख देखिएपछि उनलाई पक्राउ गर्नुपरेको हो।
राष्ट्र बैंकले गरेको अध्ययन–अनुसन्धानका क्रममा तत्कालीन सीईओ शेरचनले राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गर्दै प्रचलित कानुनविपरीत कर्जा प्रवाह गरेको, बैंकलाई आर्थिक हानि पुर्याएको तथा उक्त अपराध लुकाउन विभिन्न कम्पनीहरूमार्फत करोडौँ रुपैयाँ कर्जा दुरुपयोग भएकाले अनुसन्धान तीव्र बनाइएको सीआईबीले जनाएको छ।
उक्त प्रकरणमा ‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४’ बमोजिम शाक्यमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। प्रभु बैंकका कर्मचारी तथा संलग्न अन्य व्यक्तिहरूलाई पक्राउ गर्ने काम क्रमिक रूपमा जारी रहेको प्रहरीको भनाइ छ।
यसअघि प्रभु बैंकका पूर्व अध्यक्ष देवी भट्टचन पक्राउ परेका भए पनि सरकारी वकिल कार्यालयको कमजोर प्रस्तुतिका कारण हाजिरी जमानतमा छुटेका थिए। कर्जा दुरुपयोगको विस्तृत विवरण सार्वजनिक हुँदै जाँदा बैंकिङ क्षेत्रमै तरंग सिर्जना भएको छ। राष्ट्र बैंकका केही कर्मचारी पनि संलग्न हुनसक्ने आशंका बढिरहेका छन्, र आगामी दिनमा थप नाम बाहिर आउने उच्च प्रहरी स्रोतहरूले संकेत गरेका छन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया