गढवामा नदीजन्य पदार्थ हिनामिना : ९५ लाख ९८ हजार बिगोमा पूर्व प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारमाथि भ्रष्टाचार मुद्दा

गढवामा नदीजन्य पदार्थ हिनामिना : ९५ लाख ९८ हजार बिगोमा पूर्व प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारमाथि भ्रष्टाचार मुद्दा

दाङ कार्तिक १७ — गढवा गाउँपालिका–१ स्थित राप्ती नदीको पत्रिङ्गाघाटदेखि जेठानगाउँ खण्डमा ठेक्का सम्झौताभन्दा बढी ढुंगा, गिटी र बालुवा उत्खनन गरी गाउँपालिकाको राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीबज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक लक्ष्मण कुमार राना विरुद्ध विशेष अदालत, काठमाडौंमा रु. ९५ लाख ९८ हजार बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा ठेक्का सम्झौता अनुसार उत्खनन सीमित राखिएको थियो, तर नापजाँचमा ठेक्का भन्दा बढी उत्खनन भएको पुष्टि भयो। गाउँपालिकाले बढी उत्खननबापतको राजस्व असुल गर्न पटक–पटक पत्राचार गर्दा पनि ठेकेदारले रकम बुझाएको थिएन।

गाउँपालिकाको नाममा राखिएको बैंक ग्यारेन्टीबाट राजस्व असुल गर्नु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत योगीले आफैले हस्ताक्षर गरी बैंक ग्यारेन्टी फुकुवा गराएको पाइएको छ। अनुसन्धानले यो कार्य गाउँकार्यपालिकाको निर्णयविपरीत, अभिलेखविनै र मिलेमतोपूर्वक भएको देखाएको छ।

अभियुक्तहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबर जरिवाना, कैद र रकम असुल–उपर कारबाही गर्न माग गरिएको छ। विशेष अदालतले मुद्दा दर्ता भइसकेको र सुनुवाइ अघि बढाउने तयारी भएको जनाइएको छ।






 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP