काठमाडौं, कात्तिक १७ — राष्ट्रपति रामचन्द्र पौडेल कतारको औपचारिक भ्रमणका लागि आज बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका छन्। उनले दोहामा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’मा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्।
राष्ट्रपति पौडेल नेतृत्वको टोलीले कात्तिक २० गतेसम्म कतारमा औपचारिक बसाइ गर्ने कार्यक्रम तय गरिएको छ।
सरकारले गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो।
यसअघि कतारस्थित नेपाली दूतावास र कार्यक्रम आयोजक संस्थासँगको समन्वयपछि भ्रमणको सबै प्रोटोकल तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं, मंसिर १६ — टोखा नगरपालिकाले १२औं स्थापना दिवसका अवसरमा वरिष्ठ नागरिक, विद्यार्थी, खे ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!