काठमाडौं कार्तिक १४—अध्यागमन विभाग, कालिकास्थानले शुक्रबार पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि सरल, स्पष्ट र विवादमुक्त प्रक्रिया लागू भएको जानकारी दिएको छ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो, “अबदेखि भिजिट भिसामा प्रस्थान गर्दा नागरिकले कम्तीमा ६ महिना वैध राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा On Arrival VISA, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र भ्रमण प्रयोजन प्रमाणित कागजातसहित स्व-घोषणा पेश गरेमा प्रस्थान अनुमति पाउनेछन्। यससँगै पहिले जारी भएका सबै अन्य मापदण्ड खारेज गरिएका छन्।”
ढकालले नागरिकहरुलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी, निर्धक्क र सुसूचित भएर यात्रा गर्न आग्रह गर्नुभयो। उहाँले थप गर्नुभयो कि यो नयाँ व्यवस्था भिजिट भिसामा हुने अनियमितता कम गर्ने, नागरिकको सुरक्षा सुनिश्चित गर्ने र नेपाल प्रवेश गर्ने विदेशीको निगरानी प्रभावकारी बनाउने उद्देश्यले लागू गरिएको हो।
प्रवक्ताले यस प्रक्रियाले नागरिकका मौलिक अधिकार, स्वतन्त्र आवतजावत र सुरक्षा दुवै सुनिश्चित गर्ने उद्देश्य राखेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुलाई पनि निर्देशन दिइएको जानकारी दिनुभयो कि सबै नागरिकसम्म यो सूचना पुर्याइयोस् र आवश्यक सहयोग उपलब्ध गराइयोस्।
अध्यागमन विभागले प्रेस विज्ञप्तिमा भनेको छ कि यस निर्णयपछि नागरिकले आफ्नो गन्तव्य र भ्रमणको योजना अनुसार पूर्णरूपमा निर्धक्क यात्रा गर्न सक्नेछन् र बिचौलियाको झन्झटबाट पनि मुक्त हुनेछन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया