भिजिट भिसामा विदेश प्रस्थान सरल बनाइयो, नयाँ मापदण्ड शुक्रबारदेखि लागू

भिजिट भिसामा विदेश प्रस्थान सरल बनाइयो, नयाँ मापदण्ड शुक्रबारदेखि लागू

काठमाडौं कार्तिक १४—अध्यागमन विभाग, कालिकास्थानले शुक्रबार पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि सरल, स्पष्ट र विवादमुक्त प्रक्रिया लागू भएको जानकारी दिएको छ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो, “अबदेखि भिजिट भिसामा प्रस्थान गर्दा नागरिकले कम्तीमा ६ महिना वैध राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा On Arrival VISA, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र भ्रमण प्रयोजन प्रमाणित कागजातसहित स्व-घोषणा पेश गरेमा प्रस्थान अनुमति पाउनेछन्। यससँगै पहिले जारी भएका सबै अन्य मापदण्ड खारेज गरिएका छन्।”

ढकालले नागरिकहरुलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी, निर्धक्क र सुसूचित भएर यात्रा गर्न आग्रह गर्नुभयो। उहाँले थप गर्नुभयो कि यो नयाँ व्यवस्था भिजिट भिसामा हुने अनियमितता कम गर्ने, नागरिकको सुरक्षा सुनिश्चित गर्ने र नेपाल प्रवेश गर्ने विदेशीको निगरानी प्रभावकारी बनाउने उद्देश्यले लागू गरिएको हो।

प्रवक्ताले यस प्रक्रियाले नागरिकका मौलिक अधिकार, स्वतन्त्र आवतजावत र सुरक्षा दुवै सुनिश्चित गर्ने उद्देश्य राखेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुलाई पनि निर्देशन दिइएको जानकारी दिनुभयो कि सबै नागरिकसम्म यो सूचना पुर्‍याइयोस् र आवश्यक सहयोग उपलब्ध गराइयोस्।

अध्यागमन विभागले प्रेस विज्ञप्तिमा भनेको छ कि यस निर्णयपछि नागरिकले आफ्नो गन्तव्य र भ्रमणको योजना अनुसार पूर्णरूपमा निर्धक्क यात्रा गर्न सक्नेछन् र बिचौलियाको झन्झटबाट पनि मुक्त हुनेछन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एनआरएनए बृहत् एकता घोषणा, प्रधानमन्त्री कार्की उपस्थित
3 महिना अगाडि

काठमाडौं,मङ्सिर १४ — गैरआवासी नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चलेको विवाद अन्त्य गर्दै आइत ...

छुटाउनुभयो कि ?

TOP