प्रभु बैंकका CEO अशोक शेरचनसहित उच्च पदस्थ तीनजना पक्राउ, बैंकिङ कसुरमा अनुसन्धान तीव्र

प्रभु बैंकका CEO अशोक शेरचनसहित उच्च पदस्थ तीनजना पक्राउ, बैंकिङ कसुरमा अनुसन्धान तीव्र

काठमाडौं, मंसिर १४ — प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ तीनजना कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यलय, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत आज पक्राउ गरेको छ। उनीहरूलाई बैंक सञ्चालनमा व्यापक अनियमितता, कर्जा दुरुपयोग र ठगीको आरोपमा नियन्त्रणमा लिइएको हो।

CIB का प्रारम्भिक अनुसन्धान अनुसार  शेरचन र अन्य अधिकारीहरूले नेपाल राष्ट्र बैंकका स्पष्ट निर्देशन र कानुन विपरित काम गर्दै बैंकलाई ठूलो नोक्सान पुर्‍याएका थिए। उनीहरूले विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ कर्जा जारी गरी दुरुपयोग गरेको पाइएको छ। अनुसन्धानमा ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरसमेत समावेश छ।

पक्राउ परेकाहरूमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, ६४ वर्ष, स्थायी वतन बाग्लुङ, कालिका-५; नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेल, ५६ वर्ष, स्थायी वतन गोर्खा खोप्लाङ-१ (हाल पालुङटार नगरपालिका-२); र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, ५० वर्ष, स्थायी वतन सुनसरी, इटहरी उपमहानगरपालिका वडा ४ रहेका छन्। उच्च अदालत पाटन, ललितपुरले पक्राउ अनुमति दिएपछि CIB ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

प्रारम्भिक अनुसन्धानले देखाएको छ कि उनीहरूले बैंकको कर्जा प्रवाह र लगानी प्रक्रियामा धाँधली गर्दै बैंकको सम्पत्ति र लगानीमा ठूलो क्षति पुर्‍याएका थिए। CIB ले बैंकका वित्तीय विवरण र सम्बन्धित दस्तावेज कब्जा गरी गहन अध्ययन गरिरहेको छ। अनुसन्धानको क्रममा थप ठगी, कर्जा दुरुपयोग र आपराधिक विश्वासघात सम्बन्धी प्रमाण जुटाइरहेको छ।

CIB का प्रवक्ताले भनेका छन् कि पक्राउ परेका अधिकारीहरू विरुद्ध कानुनी दायरामा आवश्यक कदम चालिनेछ र बैंकिङ क्षेत्रको नियमन कायम राख्न कुनै सम्झौता हुनेछैन। आगामी दिनमा थप प्रमाण र विवरण सार्वजनिक गरिने बताइएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टुँडिखेलमा आज प्रधानमन्त्री सहभागी हुँदै , तमु ल्होसार भव्य रूपमा मनाइँदै
2 महिना अगाडि

काठमाडौँ, १५ पौष— गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होसार देशभरि आज भव्य रूपमा मनाइरहेका छन ...

छुटाउनुभयो कि ?

TOP