काठमाडौँ,मङ्सिर १४ — ९८ करोड रुपैयाँ ठगीसम्बन्धी गम्भीर उजुरीको अनुसन्धान तीव्र बनाउँदै गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ। सीआईबीको विशेष टोलीले उनलाई आज राजधानीबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई थप बयान तथा कानुनी प्रकृयाका लागि सीआईबी कार्यालयमा ल्याइएको छ।
सीआईबीका अनुसार अनुसन्धानका संवेदनशील चरण अघि बढिरहेका बेला शेरचनलाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न आवश्यक ठहरिने पर्याप्त तथ्य–प्रमाण प्राप्त भएको प्रारम्भिक जानकारी आएको छ। यसबारे विस्तृत विवरण भने सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
यसअघि गत कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारी विभिन्न कागजात तथा डिजिटल डाटा नियन्त्रणमा लिएको थियो। बैंकका शीर्ष तहका निर्णय, लगानी स्वीकृति, आन्तरिक पत्राचार तथा कर्जा प्रक्रियाबारे संकलित सामग्री अनुसन्धानमा महत्वपूर्ण मानिएको छ।
उक्त छापामारको केही दिनअघि, कात्तिक ११ मा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका थिए। एमालेका पूर्वसांसद समेत रहेका भट्टचनमाथि ठगी प्रकरणमा संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको छ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको विस्तृत जाहेरीपछि मुद्दा सार्वजनिक चासोमा आएको हो। जाहेरीमा आर्थिक अनियमितता, कागजातको दुरुपयोग, कर्जा प्रक्रियामा अनधिकृत हस्तक्षेप तथा योजनाबद्ध ठगी लगायतका आरोप उल्लेख छन्।
सीआईबीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ। बैंकिङ क्षेत्रको विश्वसनीयता, ठुलो रकमको लेनदेन र उच्च पदाधिकारीको संलग्नता देखिएकाले यो मुद्दा संवेदनशील बनेको छ।
शेरचन पक्राउ परेसँगै अनुसन्धान थप तिव्र गति लिने संकेत देखिएको छ। सीआईबीले अन्य सम्भावित संलग्न व्यक्ति तथा वित्तीय कारोबारको शृङ्खला पनि परीक्षण गर्दै जाने जनाएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया