प्रधानमन्त्री कार्कीले मागिन् माफी

प्रधानमन्त्री कार्कीले मागिन् माफी

काठमाडौं,मङ्सिर १४ — लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर उठेको आलोचनापछि प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा माफी मागेकी छन्। कार्यक्रममा बोलेका केही शब्दले धार्मिक समुदायहरूबीच असजिलो र टिप्पणी सिर्जना भएको भन्दै उनले स्पष्ट रूपमा खेद प्रकट गरेकी हुन्।

कार्कीले जारी गरेको सामाजिक संजाल मार्फत  कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो नीयत नरहेको बताउँदै सबै धर्मप्रति आफूले समान सम्मान राख्ने उल्लेख छ। “कुनै पनि धर्म, जाति वा समुदायलाई लक्षित गरेर बोलिएको होइन। यदि मेरा अभिव्यक्तिले कसैलाई दुःख पुगेको छ भने म स्पष्ट रूपमा माफी माग्छु,” वक्तव्यमा भनिएको छ।

प्रधानमन्त्रीले नेपालको सामाजिक सद्भाव, सहिष्णुता र विविधता देशको सामूहिक पहिचान भएको उल्लेख गर्दै कुनै पनि विवादले आपसी सम्बन्धमा दरार नपारोस् भनेर आग्रह गरेकी छन्। उनले शान्ति र संयम कायम राख्न सबै पक्षलाई आह्वान समेत गरेकी छन्।

सम्बन्धित अभिव्यक्तिबारे सामाजिक सञ्चालामार्फत विभिन्न टिप्पणी र आलोचना आएपछि प्रधानमन्त्रीले तत्काल स्पष्टीकरणसहित माफी प्रकट गर्नुपर्ने दबाब थियो। सरकारका एक अधिकारीका अनुसार परिस्थितिलाई थप संवेदनशील हुन नदिने उद्देश्यले प्रधानमन्त्रीले औपचारिक माफी सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टुँडिखेलमा आज प्रधानमन्त्री सहभागी हुँदै , तमु ल्होसार भव्य रूपमा मनाइँदै
2 महिना अगाडि

काठमाडौँ, १५ पौष— गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होसार देशभरि आज भव्य रूपमा मनाइरहेका छन ...

छुटाउनुभयो कि ?

TOP