एनआरएनए बृहत् एकता घोषणा, प्रधानमन्त्री कार्की उपस्थित

एनआरएनए बृहत् एकता घोषणा, प्रधानमन्त्री कार्की उपस्थित

काठमाडौं,मङ्सिर १४ — गैरआवासी नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चलेको विवाद अन्त्य गर्दै आइतबार (मंसिर १४) बृहत् एकता घोषणा गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अध्यक्षद्वय डा. बद्री केसीमहेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

संघमा १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले अलग अलग समिति निर्माण गराएको थियो। सम्झौताअनुसार, १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिइनेछ।

साथै, १२औँ महाधिवेशनका लागि अध्यक्ष केसी र श्रेष्ठ रहने स्टेयरिङ कमिटी गठन गरिने, अदालतमा दुवै पक्षले गरेका मुद्दा फिर्ता गरिने, र सदस्यता वितरणका लागि समय थप गरिने निर्णय गरिएको छ।

एनआरएनएको यो बृहत् एकताले संघको पुनःसुदृढीकरण र आगामी महाधिवेशनमा साझा सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टुँडिखेलमा आज प्रधानमन्त्री सहभागी हुँदै , तमु ल्होसार भव्य रूपमा मनाइँदै
2 महिना अगाडि

काठमाडौँ, १५ पौष— गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होसार देशभरि आज भव्य रूपमा मनाइरहेका छन ...

छुटाउनुभयो कि ?

TOP