एनआरएनए बृहत् एकता घोषणा, प्रधानमन्त्री कार्की उपस्थित

एनआरएनए बृहत् एकता घोषणा, प्रधानमन्त्री कार्की उपस्थित

काठमाडौं,मङ्सिर १४ — गैरआवासी नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चलेको विवाद अन्त्य गर्दै आइतबार (मंसिर १४) बृहत् एकता घोषणा गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

संघमा १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले अलग अलग समिति निर्माण गराएको थियो। सम्झौताअनुसार, १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिइनेछ।

साथै, १२औँ महाधिवेशनका लागि अध्यक्ष केसी र श्रेष्ठ रहने स्टेयरिङ कमिटी गठन गरिने, अदालतमा दुवै पक्षले गरेका मुद्दा फिर्ता गरिने, र सदस्यता वितरणका लागि समय थप गरिने निर्णय गरिएको छ।

एनआरएनएको यो बृहत् एकताले संघको पुनःसुदृढीकरण र आगामी महाधिवेशनमा साझा सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टुँडिखेलमा आज प्रधानमन्त्री सहभागी हुँदै , तमु ल्होसार भव्य रूपमा मनाइँदै
9 महिना अगाडि

काठमाडौँ, १५ पौष— गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होसार देशभरि आज भव्य रूपमा मनाइरहेका छन ...

छुटाउनुभयो कि ?

TOP