काठमाडौं, कात्तिक १४ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेका नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत ओलीले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि आक्रमण भइरहेको भन्दै सबै एमाले परिवार एकजुट हुनुपर्ने बताएका छन्। उनले लेखेका छन्, “आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।” ओलीले विगतमा एमाले निर्माणमा सघाएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गर्दै भनेका छन्, “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।” उनले एमालेलाई जनताको रगत, पसिना र आशाबाट बनेको विशाल परिवारको संज्ञा दिँदै पार्टीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र विकासको नेतृत्व गर्दै आएको उल्लेख गरेका छन्। ओलीले अन्त्यमा सबैलाई राष्ट्रिय एकता र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्ने अभियानमा जुट्न आग्रह गरेका छन्।
काठमाडौँ,मङ्सिर १४ — ९८ करोड रुपैयाँ ठगीसम्बन्धी गम्भीर उजुरीको अनुसन्धान तीव्र बनाउँदै गएको क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!