काठमाडौं, कार्तिक १३ — नेपाली सेनाका पूर्व मेजर वीरबहादुर अधिकारीकी छोरी सर्मिला अधिकारी राउत ( साबित्री)माथि ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। गोरखा आरुपोखरीकी माइति र भोजपुर घर भै हाल कीर्तिपुर पाङ्गामा बसोबास गर्दै आएकी ३९ वर्षीया सर्मिलामाथि बिष्णु कुमार थापालाई कोरिया पठाइदिने प्रलोभनमा लाखौँ रुपैयाँ असुली गरेको आरोप लागेको हो।
पीडित थापाका अनुसार, सर्मिलाले २०७९ साल कार्तिक २ गते कोरियामा “तीन लाख पचास हजार तलब” हुने रोजगारीको प्रलोभन देखाउँदै पाँच लाख ४० हजार रुपैयाँ लिएकी थिइन्। रकम बुझाएपछि “भिसा आयो” भन्दै थप रकम माग्दै झुटा आश्वासन दिँदै थापालाई करिब ४ वर्षसम्म अल्झाइरहेको बताएका छन्।
पीडित पारिवारिक स्रोतका भनाइअनुसार, लामो समयसम्म रकम फिर्ता नपाएपछि थापा मानसिक पीडामा परेका थिए। पछि बुझ्दा सर्मिलाले “फेक डिमान्ड” र “झुटा तलब कागजात” प्रयोग गरी ठगी गरेको प्रमाण समेत फेला परेको स्रोतको दाबी छ।
सर्मिलाले तत्कालीन वैदेशिक रोजगार विभाग प्रमुख उमाकान्त आचार्यसँग गरिएको अडियो संवादमा सिजनल भिसामा कोरिया पठाउने व्यक्ति “अजय सुमार्गी” भएको बताएकि थिइन् ।अहिले सर्मिला राउत एन्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म प्रालि, राम लक्ष्मण अर्गानिक एग्री कल्चर फार्म प्रालि र कृषि ज्ञान केन्द्र ललितपुरजस्ता संस्थामा संलग्न रहेकी छन्। उनले यी संस्थाको “कृषि उद्यमी परिचयपत्र” देखाएर अन्य व्यक्तिहरूबाट पनि करोडौँ रुपैयाँ असुली गर्दै आएको पीडितहरूले बताएका छन्।
स्रोतका अनुसार, सर्मिलालाई यसअघि पटक–पटक हिरासतमा लिएर अनुसन्धान समेत गरिएको थियो।
थापाले सर्मिलाको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ००६१५१२६०९६ मा पाँच लाख ४० हजार रुपैयाँ जम्मा गरेका थिए। सर्मिलाले रकम फिर्ताका लागि दिएको एनएमबी बैंकको चेक (नम्बर ०२३००७२५९९८०००१९) हालसम्म तीन पटक “बाउन्स” भइसकेको छ।
यस सम्बन्धी चेक बाउन्स मुद्दा अदालतमा दर्ता भइसकेको र छिट्टै सर्मिला अधिकारी राउतलाई कारवाहीका लागि जेल चलान हुने तयारी भएको स्रोतले जनाएको छ।
सर्मिलाले प्रयोग गर्ने ९८४१५५८०८२ नम्बरको मोबाइलमार्फत सम्पर्क गर्दै आएकि थिइन।सो बारेमा शर्मिला अधिकारी सग बुझ्दा रकम लिएको स्विकारेकी छिन।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया