काठमाडौँ,मङ्सिर ११ — योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू भएपछि निजी क्षेत्रका कामदारले पेन्सन पाएको पहिलो उदाहरणका रूपमा रौतहतका श्रमिक रुपनारायण महतो कोइरी दर्ज भए । सात वर्षअघि सुरु गरिएको प्रणालीअन्तर्गत नियमित योगदान गर्दै आएका महतोले अबदेखि मासिक पेन्सनसँगै आगामी सात वर्षभित्र जटिल रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका छन् ।
सामाजिक सुरक्षा प्रणाली प्रभावकारी नहुने, ‘२० वर्ष काम नगरी पेन्सन नपाइने’ र ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको भन्ने आलोचनाबीच महतोले पाएको पेन्सनले योजनाको व्यवहारिकता स्थापित गरेको छ ।
सामाजिक सुरक्षा दिवसका अवसरमा जिफन्टले आयोजना गरेको सम्मान कार्यक्रममा महतोलाई औपचारिक रुपमा पेन्सनरको प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा उपस्थित सहभागीहरुले प्रणाली कार्यान्वयनका लागि गरिएको श्रमिक आन्दोलन र निरन्तर प्रयासको प्रशंसा गरेका थिए ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया