अन्तरदेशीय खुल्ला सीमानामा अवैध पशु तथा कृषिजन्य ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ, मंसिर १२ — अन्तरदेशीय खुल्ला सीमानाका कारण हुनसक्ने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रण र नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोक, काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल हुनुहुन्थ्यो।

कार्यक्रममा महानिरीक्षक अर्यालले अवैध ओसारपसारले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पार्ने उल्लेख गर्दै सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मी र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उहाँले सीमा नाकामा हुने अवैध गतिविधि र चोरीपैठारीको सूचना समयमा प्राप्त गर्न समुदायस्तरमा सूचक तयार गर्नुपर्ने, विषादीयुक्त कृषिजन्य सामग्रीको प्रयोग रोक्नुपर्ने तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

सीमा सुरक्षा विभागका प्रमुख, अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले खुल्ला सीमानाबाट हुने अवैध क्रियाकलाप रोक्न प्रदेशस्तरमा पनि यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको बताए।

पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले अवैध ओसारपसारले कृषि बजारमा पार्ने नकारात्मक प्रभाव र त्यसको समाधानमा सरोकारवाला निकायको भूमिका महत्वपूर्ण भएको जानकारी प्रस्तुत गर्नुभयो। गृह मन्त्रालयका सह–सचिव आनन्द काफ्लेले अन्तरनिकाय समन्वय र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले सीमामा परिचालित निकायलाई प्रविधि, स्रोतसाधन र भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक विनोद प्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नचिनिएका सामानको जाँच गरी अवैध ओसारपसार नियन्त्रण गर्न आग्रह गर्नुभयो। भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकालले क्वारेन्टाइनका लागि दक्ष जनशक्ति र प्रविधिको उचित व्यवस्थापन आवश्यक रहेको बताए।

सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले स्वागत मन्तव्यमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा क्षेत्रमा नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न व्यावसायी संघका पदाधिकारीहरूले पनि खुल्ला सीमानाका कारण हुने अवैध ओसारपसार नियन्त्रण तथा व्यावसायिक समस्या र समाधानका विषयमा सुझाव प्रस्तुत गरे।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, उद्योग विभागका निर्देशक तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पदाधिकारीहरू उपस्थित थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP