काठमाडौँ, मंसिर १२ — पूर्व प्रधानन्यायाधीश तथा अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको धापासीमा सार्वजनिक जग्गा मिचेको तथ्य खुलेको छ। टोखा नगरपालिका–४, भोसिङडोलस्थित उनको घर छेउको ३ आना १ पैसा सरकारी जग्गा वर्षौँदेखि निजी रूपमा उपयोग हुँदै आएको प्रमाण फेला परेको हो।
टोखा नगरपालिकाले गुगल म्यापिङ गरेपछि मिचिएको भूभाग स्पष्ट देखिएको अधिकारीहरूको भनाइ छ। सरकारी अभिलेखअनुसार कार्कीका नाममा ६ आना १ पैसा २ दाम दर्ता छ, तर उनले ९ आना १ पैसा बराबरको भूभाग प्रयोग गर्दै आएकाछन।
यसबारे बुझ्न रेड मिडियाले उनका श्रीमान् दुर्गा सुवेदीलाई फोन गरेको थियो। उनले प्रश्न सुने तर कुनै प्रतिक्रिया नदिई फोन काटिदिए।
टोखा–४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठका अनुसार सो स्थान ३२ रोपनी सार्वजनिक क्षेत्रभित्र पर्छ र निजी प्रयोजनमा कब्जा गरी उपयोग हुँदै आएको प्रमाणित भएकोछ। नगरपालिकाले मिचिएको भूभाग फिर्ता लिएर त्यहाँ पार्क निर्माण गर्ने तयारी अघि बढाएकोछ।
काठमाडौं,पुस १३ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!