माधव कल्पितले दुर्गा प्रसाईं नेतृत्व सधैंका लागि छाडे, नयाँ दलतर्फ मोडिए

माधव कल्पितले दुर्गा प्रसाईं नेतृत्व सधैंका लागि छाडे, नयाँ दलतर्फ मोडिए

काठमाडौँ,मङ्सिर ११ — नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय प्रवक्ता माधव कल्पितले दुर्गा प्रसाईंको नेतृत्वबाट सधैंका लागि अलग्गिने घोषणा गरेका छन्। मंसिर ११ गतेदेखि लागू हुने गरी सबै पदिय जिम्मेवारीबाट राजीनामा दिँदै उनले प्रसाईं नेतृत्वको अभियानसँगको औपचारिक आवद्धता अन्त्य गरेका हुन्।

तीन वर्षको समय अभियानमा बिताएका कल्पित कलाकारदेखि प्रमुख स्वकिय सचिव हुँदै केन्द्रीय प्रवक्तासम्म जिम्मेवारी सम्हाल्ने व्यक्तिमा पर्थे। तर, अब आफूले दुर्गा प्रसाईंको संगठनमा निरन्तरता दिन नसक्ने स्पष्ट गर्दै उनले स्थायी रूपमा अभियान छाडेको घोषणा गरेका छन्।

कल्पित अहिले नागरिक बचाउ दल नेपालमा पार्टी सभापतिको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न लागेको उल्लेख गर्दै दुर्गा प्रसाईंको नेतृत्वमा काम गर्नुपर्ने परिस्थितिगत ठाउँ नरहेकाले विदा लिएको बताए।

उनले प्रसाईं नेतृत्वबाट टाढिँदै नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने संकेत दिँदै, “अब अभियानतर्फ समय दिन असम्भव भएको” उल्लेख गरेका छन्।

राजीनामा पत्र बोधार्थ नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई पठाइएकाछन।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ठूला अपराधीलाई छुट, सानालाई जेल: प्रभु बैंक सीईओ अशोक शेरचन हाजिर जमानतमा
2 महिना अगाडि

काठमाडौँ पुस १२ — बैंकिङ कसुरजस्तो गम्भीर आर्थिक अपराधमा संलग्न रहेको आशंकामा पक्राउ परेका प्र ...

छुटाउनुभयो कि ?

TOP