दैलेख कार्तिक १३ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ तह) टंक फुयाँललाई रु. १ लाख घूससहित पक्राउ गरेको छ।
आयोगका प्रवक्ता जीवनकुमार पौडेलका अनुसार गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्नपछि अन्तिम किस्ता भुक्तानीको प्रक्रिया अघि बढाइदिने भन्दै फुयाँलले सेवा–ग्राहीसँग रु. १ लाख घूस लिएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको हो।
अख्तियारको सुर्खेत फाँटबाट खटिएको टोलीले फुयाँललाई सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार मुद्दा दायर गरी विशेष अदालत, काठमाडौंमा पेश गरिएको अख्तियारले जनाएको छ।
काठमाडौँ —हङकङको ताई पो जिल्लामा बुधबार राति फैलिएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!