प्रभू ग्रुपका अध्यक्ष देवी भट्टचनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

काठमाडौं, कार्तिक १३ — काठमाडौं जिल्ला अदालतले प्रभू ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई पाँच दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ उल्लंघनको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार ललितपुरको गोदावरी–३ टौखेलबाट पक्राउ गरेको थियो। अदालतले बुधबार उनलाई पेस गरेपछि म्याद थप गर्दै सीआईबी हिरासतमा अनुसन्धान गर्न अनुमति दिएको हो।

सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उजुरीका आधारमा भट्टचनमाथि अनुसन्धान भइरहेको छ। प्रहरीले उनले प्रमाण नष्ट गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गर्दै लुकिछिपी बसेको जनाएको छ।

२०७९ सालमा नेपाल राष्ट्र बैंकको विप्रेषण विनियमावली उल्लंघन गर्दै प्रभू म्यानेजमेन्ट प्रालि र प्रभू मनी ट्रान्सफरबीच सम्झौतामार्फत ठगी भएको आरोप लगाइएको छ। दुवै कम्पनीका सञ्चालक भट्टचनले प्रभू म्यानेजमेन्टलाई सुपर एजेन्ट बनाएर देशभरका सहकारीहरूसँग विप्रेषण वितरणका करार गरेका थिए।

सहकारीहरूले ग्राहकलाई रकम भुक्तानी गरे पनि प्रभू मनी ट्रान्सफरले सोधभर्ना नगरेको प्रहरीले जनाएको छ।

भट्टचन २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको समानुपातिक सूचीमा जनजाति कोटाबाट पहिलो नम्बरमा रहेका थिए। त्यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुखका रूपमा सक्रिय थिए। हाल भट्टचनमाथि विशेष अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP