"नेपालको राजनीति सुधार र ZEN-Z पुस्ताको निर्णायक भूमिका"

"नेपालको राजनीति सुधार र ZEN-Z पुस्ताको निर्णायक भूमिका"

नेपालको राजनीतिक यात्रा लामो संघर्ष र बलिदानको परिणामस्वरूप यहाँसम्म आइपुगेको हो। राणाशासनको अन्त्यदेखि, प्रजातन्त्र, बहुदल, जनआन्दोलन र गणतन्त्रसम्मको यात्रामा नेपाली जनताको अपार त्याग र साहस जोडिएको छ। तर दुःखद कुरा के छ भने, जनताको रगत र पसिनाले ल्याएको परिवर्तनले अपेक्षित परिणाम दिन सकेको छैन।

आजका पुराना राजनीतिक दलका नेताहरूले गल्ती स्वीकार गर्न हिचकिचाएको, भ्रष्टाचारलाई राजनीतिक अस्तित्वको आधार बनाएको, र जनताले दिएको विश्वासलाई निजी सम्पत्ति र स्वार्थको खेलमा खर्च गरेको तथ्य सर्वविदित छ। यस्ता प्रवृत्तिले मात्र दलप्रतिको विश्वास घटेको छैन, जनतामाझ लोकतन्त्रकै मूल्यमा प्रश्न उठाएको छ।

सुधारको आवश्यकता र पुराना दलहरूको जिम्मेवारी

नेपाललाई सबल, पारदर्शी र उत्तरदायी राज्य बनाउन पुराना राजनीतिक दलहरूले अब ढिलो नगरी आत्मसमीक्षा गर्नुपर्छ। सुधारका लागि आवश्यक मुख्य आधारहरू यसप्रकार छन् |

भ्रष्टाचारविरुद्ध कठोर कदम: अनियमित ढंगले आर्जित सम्पत्ति राज्यको नाममा फिर्ता गर्ने कानुनी र नैतिक साहस देखाउनुपर्छ।

आन्तरिक लोकतन्त्रको अभ्यास: दलभित्रै निष्पक्ष निर्वाचन प्रणाली लागू गर्दै योग्य र लोकप्रिय व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ।

कार्यकर्ताको आवाजको सम्मान: तल्लो तहसम्मका कार्यकर्ताको विचारलाई निर्णय प्रक्रियामा समावेश गर्ने संस्कृतिको विकास गर्नुपर्छ।

जवाफदेहिताको संस्थागत व्यवस्था: नेताको पद जिम्मेवारीसहितको सेवामा आधारित हुनुपर्छ, अवसर र स्वार्थको साधनमा होइन।

यी सुधारहरू बिना पुराना राजनीतिक दलहरूको अस्तित्व मात्र संकटमा पर्छ, देशको भविष्य पनि अनिश्चिततामा फस्छ।

ZEN-Z पुस्ताः आशाको नयाँ क्षितिज

सन् १९९७ पछि जन्मिएको पुस्तालाई विश्वले ZEN-Z पुस्ता भनेर चिन्छ। यो पुस्ता प्रविधिसँग जोडिएको, विश्व राजनीति र समाजशास्त्र बुझ्ने क्षमता भएको, र परिवर्तनप्रति संवेदनशील पुस्ता हो।

नेपालमा यस पुस्ताले निम्न गुणका आधारमा नयाँ सम्भावना बोकेको छ |

डिजिटल दक्षता: सूचनाप्रति सजगता, प्रविधिको सक्रिय प्रयोग र पारदर्शिताको माग।

राष्ट्रवाद र व्यावहारिकता: नाराभन्दा काममा जोड, परिणाममुखी सोच।

सामाजिक न्याय र समानताको चेतना: लैङ्गिक समानता, समावेशीकरण र अवसरको पहुँचमा जोड।

वैश्विक दृष्टि र स्थानीय समाधान: अन्तर्राष्ट्रिय प्रवृत्तिलाई बुझ्दै नेपालको आवश्यकता अनुसार प्रयोग गर्ने क्षमता।
आज विश्व राजनीतिमा युवा नेतृत्वले उदय पाइरहेको छ। पारदर्शिता, डिजिटल शासन, र प्रत्यक्ष जनसहभागिताको अभ्यास नेपालमा पनि यही पुस्ताले अघि बढाउने सम्भावना बोकेको छ।

राष्ट्रियताको नयाँ दृष्टिकोण:

नेपालको सच्चा राष्ट्रियता अरू राष्ट्रविरुद्धको विरोधमा होइन, आफ्नो देशलाई सक्षम, स्वावलम्बी, इमान्दार र समृद्ध बनाउन सक्ने जिम्मेवारीमा निहित छ।
ZEN-Z पुस्ताले यो राष्ट्रियतालाई व्यवहारमै उतार्ने सामर्थ्य बोकेको छ |
-वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्ने,
-आन्तरिक राजनीतिक स्थायित्वलाई मजबुत बनाउने,
 -नागरिकका हितलाई सर्वोपरि राख्ने बाटो रोज्ने।
अन्त्यमा :
नेपालको भविष्य उज्यालो बनाउन दुई पक्षबीचको सहकार्य अपरिहार्य छ  |
१)पुराना राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै गल्ती सच्याउने,
२) ZEN-Z पुस्ताले सिर्जनात्मक सोच र ऊर्जा सही दिशामा प्रयोग गर्ने।

पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको दृष्टिकोण मिलाएर मात्र नेपालले राजनीतिक स्थायित्व, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा प्रगति गर्न सक्छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

"प्रिय नवयुवाहरु नमस्कार" शिर्षकमा सह प्राध्यापक रघुबिर भट्टको सन्देश
11 महिना अगाडि

धनगढी,असोज ६-ऐश्वर्य बहुमुखी क्याम्पसका सह–प्राध्यापक रघुबिर भट्टले युवा वर्गलाई सम्बोधन गर्दै ...

छुटाउनुभयो कि ?

TOP