"प्रिय नवयुवाहरु नमस्कार" शिर्षकमा सह प्राध्यापक रघुबिर भट्टको सन्देश

धनगढी,असोज ६- ऐश्वर्य बहुमुखी क्याम्पसका सह–प्राध्यापक रघुबिर भट्टले युवा वर्गलाई सम्बोधन गर्दै समाज सुधार र राष्ट्र निर्माणका लागि संकल्पबद्ध हुन आह्वान गर्नुभएको छ।

"प्रिय नवयुवाहरू नमस्कार" शीर्षकमा प्रस्तुत सन्देशमार्फत उहाँले व्यक्तिले आत्मसजगता र आत्मसुधारलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, आफैँ जागृत नभएसम्म अरूलाई जागृत गराउन सकिँदैन।

भट्टले राष्ट्रभन्दा ठूलो कुनै धर्म नहुने र राष्ट्रदेव नै सर्वोच्च देवता हुने उल्लेख गर्दै युवाहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

उहाँले भ्रष्टाचार, आत्मग्लानी, निराशा र असंवेदनशीलतालाई देशका प्रमुख समस्या भनेर चिनाउनुभयो। साथै, "नेपाल गरिब देश हो भन्ने धारणा एक भ्रम मात्र हो, बरु नेपाल शक्तिशाली र वैभवशाली राष्ट्र हो," भन्ने धारणा प्रस्तुत गर्दै प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगद्वारा नै विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

भट्टले आगामी एजेन्डाका रूपमा भ्रष्टाचार उन्मूलन, सर्वसुलभ स्वास्थ्य–शिक्षा, राष्ट्रव्यापी सदाचार अभियान, स्वरोजगार र उद्योग स्थापना, राष्ट्रिय एकता, र गलत कार्यको रचनात्मक विरोधलाई अघि सारेका छन्।

सम्बोधनको निष्कर्षमा उहाँले भन्नुभयो, “स्वस्थ, समृद्ध र संस्कारवान नेपाल निर्माण हाम्रो संकल्प हो। सच्चा स्वाभिमानी र सदाचारी नेपाली बनेर जीवन जिउनु आजको आवश्यकता हो।”

उहाका १० सल्लाह :-
1) पहिलो कुरा गल्तिले गल्तीलाई  पुष्टि न गरौं ।
2) राष्ट्र भन्दा ठुलो कुनै धर्म हुदैन र राष्ट्र  देव नै सबैभन्दा ठुलो  देवता हुन;  आफ्नो ब्यक्तिगत, राजनीतिक, आर्थिक एवं पारिवारिक लाभको लागी  राष्ट्रिय हित लाई धोका दिने छैन र आफ्नो तन, मन, धन र जीवन राष्ट्र निर्माणमा लगाउने छु   भनी संकल्प गरौ।
३) यदि  हामिमा पराक्रमशिलता , बिनयशिलता, पारदर्शिता र दुरदर्शिताको अभाव  भयो भने हामी नेता बन्न सक्दैनौं । धन शक्ति , जन शक्ति, राज शक्ति र आत्मशक्ति लाई राम्ररी प्रयोग  गर्न संयम, सदाचार ,मर्यादा र कुसल सस्कारको जग बलियो  चाहिन्छ ।
४) हाम्रो राष्ट्रको गौरवपुर्ण इतिहास  नै हाम्रो स्वाभिमान हो।  जसरी आफ्नो प्रत्येक बस्तु र मान्छे प्यारो हुन्छ त्यसरी नै यो देश प्यारो  हुनुपर्छ । मेरो राष्ट्र  नै मेरो सर्वस्व हो, मेरो शिर हिमाल हो बायाँ हात मेची  हो , दायाँ हात महाकाली हो  यी नदिनाला मेरा  रक्त नलि हुन भन्ने भावनाका साथमा म नेपालमा छु, मनै नेपाल हु , म नेपाललाई महाशक्ति बनाउछु, र नेपालले सामाजिक , आर्थिक , आध्यात्मिक , र राजनीतिक रूपले विश्व नेतृत्व गर्नु पर्छ भन्ने प्रण हुनु जरुरी छ। 
५)  देशको स्वाभिमान नै मेरो स्वाभिमान भन्ने भावनाका साथ हाम्रो वैदिक समाजवाद एक सन्तुलित  एवं बैज्ञानिक दर्शन भएकोले आत्म गौरव गर्दै  अगाडि बढ्न जरुरी छ।  जसलाई आफ्नो देश, जनता, सस्कृती , आफ्नो मुल्य मान्यता , दर्शन प्रति माया छैन उसलाई यश देशमा बस्ने अधिकार पनि छैन । 
६)  राष्ट्रवादिता, पराक्रमशिलता, पारदर्शिता , दुरदर्शिता , मानवतावाद र बिनयशिलता नै देशका नागरिकहरूको   प्रमुख सिद्धान्त हुनु पर्छ ।  
७)   स्वस्थ , समृद्ध , सस्कारवान नेपाल निर्माण गर्न : स्वस्थ नेपाल , स्वच्छ नेपाल , स्वदेशी स्वावलम्बी नेपाल , गरिबी र बेरोजगारी रहित नेपाल हाम्रो  संकल्प हुनुपर्छ ।  
८) आत्मबिमुखता, भ्रष्टाचार , वैयक्तिक एवं राष्ट्रिय चरित्रको कमि , असम्वेदनशिलता , अविस्वास , निराशा र आत्मग्लानी  यस देशका राष्ट्रिय समस्या हुन।  
९) केही भ्रमहरू छ्न जसलाई हामीले राम्ररी  बुझ्न जरुरी छ :
क) नेपाल गरिव देश हो भन्ने शादा झुट हो। नेपाल बिस्वको शक्तिशाली र वैभव शाली देश हो ।
ख)  नेपाल धेरैले कर छल्छ्न भन्ने भास्य! धेरै  नेपाली कर तिर्न चाहन्छन र त्यसको सदुपयोग चाहान्छ्न ।
ग)नेपालमा  सबै मान्छे  बेमान छ्न भन्ने भास्य ।
नेपालमा  धेरै मान्छे  इमानदार छ्न र ईमानदार भएर बाच्न चाहन्छ्न ।  
घ) भष्टाचार हटाउन  सकिदैन र भष्टाचारिले मात्रै  शासन गर्छ्न भन्ने भास्य । 
हामी संकल्प गरौको राष्ट्र बादी  , सदाचारी , इमानदार,  मान्छेहारूले देशको नेतृत्व गरून् भन्ने , सकिन्छ ।
ङ )   बिदेशी पुजी बिना देश बिकास सम्भव छैन भने प्रायोजित झुठ ! 
बिस्वास गरौ कि जन साधन र प्राकृतिक श्रोतको उचित प्रयोग गरेर देश बिकास गर्न सकिन्छ  र बेरोजगारी हटाउन  सकिन्छ । 
१०)  आगामी  गन्तव्य : 
क)  भ्रष्टाचार उन्मुलन 
ख) सर्वसुलभ स्वास्थ्य , शिक्षा , आवस्यक  अन्य सेवा।
ग) राष्ट्र ब्यापी सदाचार अभियान ( अपरिग्रह को परिपालन) 
घ)  राष्ट्रिय भावना  सहित स्वरोजगार  र उद्योग स्थापना । 
ङ ) राष्ट्रिय मुद्दामा एकता (बिना प्रलोभन पुर्ण  सहयोग र समर्थन ) 
च) गलत कामको रचनात्मक बिरोध 
छ) सच्चा स्वाभिमानी , सदाचारि  नेपाली बनेर  जीवन   
जीउने  संकल्प !!

प्रतिक्रिया

  • * * * <a href="https://ifiber.com.tr/index.php?luogob">$3,222 deposit available</a> * * * hs=d9b94cd14ac5f1c5f6dabdff58a37789* ххх* paouqua@mailbox.in.ua nyj3h1
  • * * * $3,222 payment available! Confirm your operation here: https://ifiber.com.tr/index.php?luogob * * * hs=d9b94cd14ac5f1c5f6dabdff58a37789* ххх* paouqua@mailbox.in.ua nyj3h1
  • सम्बन्धित समाचार

    स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
    3 बर्ष अगाडि

    ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

    छुटाउनुभयो कि ?

    TOP