नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरेको आरोप लगाएका छन्।
भदौ २४ गते आगजनीबाट क्षति पुगेको बालकोटस्थित आफ्नो निवास अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने,
“ममाथि व्यक्तिगत दुष्मनी देखिन्छ। गृहमन्त्रीको सिमाना मिचेको छैन, घर कहाँ हो भन्ने थाहा छैन। सरकारले मलाई केही गर्न खोज्दैछ भन्ने गम्भीर आशंका छ।”
ओलीले सरकारले जेनजी आन्दोलनका अभियन्ताहरूमार्फत आफूलाई दबाब दिने प्रयास गरेको दाबी समेत गरे।
उनका अनुसार, “जेनजी भनिएकालाई सरकारले नै बोलाएर ‘दबाब देऊ’ भनेर भनेको छ। सिकाएर पठाएका छन्—निवेदन देऊ, जाहेरी देऊ भनेर।”
पूर्वप्रधानमन्त्री ओलीले एमाले भ्रष्टाचार नियन्त्रण गर्ने दृढ पार्टी रहेको र कुनै अस्वाभाविक सम्झौतामा नजाने बताएका छन्।
उनले थपे, “यो देशमा एमाले छ, एमाले ज्युँदो पार्टी हो। अचानक पलाएका, आफ्नो काम छाडेर अर्कोतिर रमाउनेहरूसँग एमालेले सम्झौता गर्दैन।”
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया