ओलीको आरोप: “गृहमन्त्रीले व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरे”

ओलीको आरोप: “गृहमन्त्रीले व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरे”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

भदौ २४ गते आगजनीबाट क्षति पुगेको बालकोटस्थित आफ्नो निवास अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने,
“ममाथि व्यक्तिगत दुष्मनी देखिन्छ। गृहमन्त्रीको सिमाना मिचेको छैन, घर कहाँ हो भन्ने थाहा छैन। सरकारले मलाई केही गर्न खोज्दैछ भन्ने गम्भीर आशंका छ।”

ओलीले सरकारले जेनजी आन्दोलनका अभियन्ताहरूमार्फत आफूलाई दबाब दिने प्रयास गरेको दाबी समेत गरे।
उनका अनुसार, “जेनजी भनिएकालाई सरकारले नै बोलाएर ‘दबाब देऊ’ भनेर भनेको छ। सिकाएर पठाएका छन्—निवेदन देऊ, जाहेरी देऊ भनेर।”

पूर्वप्रधानमन्त्री ओलीले एमाले भ्रष्टाचार नियन्त्रण गर्ने दृढ पार्टी रहेको र कुनै अस्वाभाविक सम्झौतामा नजाने बताएका छन्।
उनले थपे, “यो देशमा एमाले छ, एमाले ज्युँदो पार्टी हो। अचानक पलाएका, आफ्नो काम छाडेर अर्कोतिर रमाउनेहरूसँग एमालेले सम्झौता गर्दैन।”
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

युएईका नेपालीका लागि दूतावास सेवामा नयाँ व्यवस्था लागू
3 महिना अगाडि

अबुधाबी – युएईमा बसोबास गर्ने नेपालीका लागि अबुधाबीस्थित नेपाली दूतावासले सेवा प्रबाह प्रणालील ...

छुटाउनुभयो कि ?

TOP