पश्चिम जाजरकोटको छेडा–थलह सडकखण्डमा पर्ने खारा खोलाको पुल आजसम्म पनि अधुरो छ। करिब २० वर्षभन्दा बढी भइसक्यो यो सडक सञ्चालनमा आएको, तर यहाँका जनताले अझै पनि उस्तै पीडा भोगिरहेका छन्। सडक र पुल निर्माणका धेरै आश्वासन सुन्न पाइयो, तर परिणाम शून्य छ।
खोलामा न त स्थायी पुल बनेको छ, न त सडक व्यवस्थित। वर्षातमा पानीले बाटो बगाउँछ, हिउँदमा धुलो र ढुंगामाटोले यात्रा असह्य हुन्छ। कतिपय स्थानमा बाइक धकेल्नुपर्ने अवस्था आउँछ, यात्रु एक्लै यात्रा गर्न पनि डराउँछन्। यसरी २१औं शताब्दीमा पनि यहाँका बासिन्दा दुःख र जोखिमको यात्रा गर्न बाध्य छन्।
राज्यले “दुर्गमलाई सुगम बनाउने” भनेर घोषणा गरेको वर्षौं भइसक्यो। तर जाजरकोटका जनताले त्यो सुगमता अझै महसुस गर्न पाएका छैनन्। स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्म सबै तहको मौनता यहाँका जनताका लागि अभिशाप बनेको छ। चुनाव आउँदा नेताहरू आश्वासनसहित गाउँ पस्छन्, तर चुनाव सकिँदा ती सबै वाचा र सपना धुलोमा मिल्छन्।
जनताको मनमा यस्तै प्रश्नहरू छन् ।
> "हामीले कहिले सहज यात्राको सुविधा पाउने?
हाम्रो सन्तानले कहिले राम्रो बाटोमा हिंड्ने?
विकासका योजना कहिले हाम्रो गाउँसम्म आइपुग्ने?"
अब समय आएको छ ।
राज्यका सबै तहका सरकारहरूले पश्चिम जाजरकोटलाई प्राथमिकतामा राख्नुपर्ने। सडक, पुल, र अन्य पूर्वाधार निर्माणमा ठोस पहल गर्नुपर्ने। विकासको वास्तविक रूप जनताले महसुस गर्न पाउनुपर्छ, केवल कागजी योजना र भाषणले होइन।
यदि आज पनि राज्य मौन रह्यो भने, जाजरकोटका जनताले अझै दशकौंसम्म विकासको प्रतीक्षा गर्नुपर्नेछ।
अब यो सहने समय छैन ।
जनताको धैर्यको सीमा सकिँदैछ, र उनीहरूलाई चाहिएको छ काम, सुविधा र सम्मानपूर्ण जीवन।
अब आवश्यक छ ।
खारा खोलाको पुल तत्काल निर्माण सम्पन्न गरियोस्,
छेडा–थलह सडकखण्डलाई दिगो रूपमा पक्की बनाइयोस्,
जनताको आवाज राज्यका कानसम्म पुग्ने वातावरण सिर्जना गरियोस्।
जाजरकोटका जनताले धेरै सहिसके।
अब समय आएको छ ।
दुःख होइन, विकास देख्ने।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया