दुबई,कार्तिक २ — हाल संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न जेलहरूमा ४७३ जना नेपाली विभिन्न मुद्दामा सजाय भोगिरहेका छन्। दूतावासका अनुसार दैनिक रूपमा कतिपय नेपालीहरू सजाय पूरा गरी रिहा हुने र नयाँ केसहरूमा केही नेपालीहरू जेल पर्ने क्रम जारी रहेकाले यो संख्या परिवर्तन भइरहन्छ।
दूतावासका अनुसार हालसम्म कुनै पनि नेपाली कैदीको स्वास्थ्यमा समस्या आएको रिपोर्ट प्राप्त भएको छैन। यूएईको कानुनअनुसार उनीहरूलाई जेलभित्र आवश्यक बसोबास र आधारभूत सुविधा प्रदान गरिएको बताइएको छ।
राजदूतावासले जेल प्रशासनले तय गरेको भेटघाट तालिकाअनुसार नियमित रूपमा विभिन्न जेलमा रहेका नेपालीहरूसँग भेटघाट गर्दै आएको छ। “कतिपय नेपालीहरू कुराकानी गर्न इच्छुक देखिन्छन् भने कतिपय मौन बस्न चाहन्छन्,” दूतावास स्रोतले जनाएको छ। आवश्यक परेमा छुट्टै समन्वयमार्फत पनि दूतावास टोलीले भेटघाट गर्ने गरेको छ।
कानुनी सहयोगको विषयमा राजदूतावासमा नै उपलब्ध जनशक्ति प्रयोग गरी कैदीहरूलाई कानूनी परामर्श दिइँदै आएको छ। तर, छुट्टै वकिलको व्यवस्था भने गरिएको छैन। केही कैदीका परिवारहरूले व्यक्तिगत रूपमा वकिल नियुक्त गरेका पनि दूतावासले जनाएको छ।
विरामी वा असहाय अवस्थामा रहेका नेपालीहरूलाई जेल प्रशासन र स्थानीय अधिकारीहरूसँगको सहकार्यमा उपचारलगायतका आवश्यक सहयोगहरू प्रदान गरिँदै आएको छ।
परिवारका सदस्यले जेलमा रहेका आफन्तलाई भेट्न चाहेमा नाता प्रमाणित गर्ने कागजातसहित जेल प्रशासनबाट अनुमति लिनुपर्ने र दूतावासले सो प्रक्रिया सहज बनाउन सहयोग गर्ने व्यवस्था रहेको छ।
सजाय सकेर फर्किन चाहने नेपालीहरूलाई समेत दूतावासले आवश्यक सहजीकरण गर्दै आएको जनाएको छ।
त्यस्तै, मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रिया पनि दूतावासमार्फत अघि बढाइन्छ। कुनै कानुनी मुद्दा नभए सात दिनभित्र शव पठाउन सकिने र मुद्दा भएको अवस्थामा केस टुंगिएपछि सात दिनभित्र पठाउने व्यवस्था छ। यस क्रममा प्रहरी प्रतिवेदन, मृत्यु दर्ता, कम्पनीसँगको सेटलमेन्ट र अदालतको क्लियरेन्स अनिवार्य हुने दूतावासले जनाएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया