काठमाडौ भदौ १० — हरितालिका तिजको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा लाग्ने ठूलो मेलालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले करिब ७ सय जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहितको फौजमा १ सय ५० जना महिला सशस्त्र प्रहरी समेत खटाइनेछन्।
सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार गण सिनामंगलका गणपति, सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.को कमाण्डमा मंगलबार राति २ बजेदेखि नै ड्यूटी सुरु हुने भएको हो। पशुपति क्षेत्रमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने सम्पूर्ण मेलाको सुरक्षा कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ।
उपत्यकास्थित सशस्त्र प्रहरीका विभिन्न कार्यालयहरूमार्फत पहिलो चरणमा करिब ३ सय भन्दा बढी सशस्त्र प्रहरी फौज खटाइनेछन्। आवश्यक परेमा नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, नं. १८ निलबराही गण किर्तिपुर, नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार, नं. २२ गुह्येश्वरी गण दुवाकोट र नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट थप फौज तयारी अवस्थामा राखिएको छ।
यसैगरी, नेपाल एपीएफ अस्पतालका महिला चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। मन्दिर क्षेत्रमा दर्शन गर्न आउने भक्तजन र विशेषगरी महिलाहरूलाई सहज बनाउन एम्बुलेन्स सेवा समेत उपलब्ध गराइने छ।
त्यस्तै, सशस्त्र प्रहरीको गोताखोर तथा विपद् उद्धार टोली आवश्यक उपकरणसहित राम मन्दिर नजिकै बागमती नदी किनारमा खटाइने भएको छ। मेलाको भीडभाड र सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘वाटर रेस्क्यु टोली’ सतर्क रहने सशस्त्र प्रहरीले जनाएको छ।
हरितालिका तिजमा हुने ठूलो भीड व्यवस्थापन तथा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल बहुआयामिक तयारीसहित खटिने तयारीमा छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया