काठमाडौं, असोज ९ — सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएको छ। गृह मन्त्रालयले छवि रिजाललाई मन्त्रालयमै सरुवा गरी उनको स्थानमा ईश्वरराज पौडेललाई काठमाडौंको सिडिओको जिम्मेवारी दिएको हो।
भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप रिजालमाथि लागेको थियो। आन्दोलनका क्रममा मृत्यु र घाइतेका घटना सार्वजनिक भएपछि सुरक्षा निकायमाथि व्यापक आलोचना भएको थियो। सोही घटनामा सिडिओको भूमिका विवादमा आएपछि उनलाई सरुवा गरिएको हो।
यसअघि सरकारले आन्दोलन दमनको आरोप लागेका काठमाडौं प्रहरी प्रमुखलाई पनि हटाइसकेको छ। लगातारको सरुवाले सरकारले जनआन्दोलनका क्रममा उत्पन्न भएको असन्तोषलाई न्यून पार्न खोजेको विश्लेषण भइरहेका छन्।
यही साता मंगलबार मात्रै सरकारले गृह सचिव गोकर्णमणि दुवाडीलाई समेत सरुवा गरेको थियो। एकै साताभित्र गृह सचिव, काठमाडौं प्रहरी प्रमुख र सिडिओसम्म फेरिँदा गृह प्रशासनभित्र ठूलो हलचल देखिएकोछ।
काठमाडौ कार्तिक ४– जापानको संसदले आज साने ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा च ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!