धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक दुईतर्फी बन्द

काठमाडौं,असोज ७-दशैं नजिकिँदै गर्दा यात्रुहरुको भीड बढिरहेको समयमा पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा सोमबार राति ठूलो सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुवै तर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गएराति खसेको पहिरो पन्छाएर केही समय एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै पुनः ठूलो मात्रामा पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध भएको हो । प्रहरीका अनुसार निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक सफा गर्ने काम अघि बढाउन सकिएकोछैन।

सडक बन्द हुँदा यात्रुहरु र गाडी चालक–सहचालक अलपत्र परेका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्दै प्रतीक्षा गर्न आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरोका कारण करिब ४० घण्टा सडक बन्द हुँदा यात्रुहरु हैरान भएका थिए । त्यही ट्राफिक चाप अझै सामान्य नहुँदै जवाङ खोलामा पहिरो झरेपछि यात्रुहरुको यात्रा थप कष्टकर बनेको छ ।

दशैं मनाउन गाउँ फर्किने यात्रुहरुको ठूलो भीड रहेको समयमा राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरुले बाटोमै कठिनाइ सहनुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP